स्वर्गको राज्य नजिकै छ...

नेपालका ९०% ख्रीष्टियन अगुवाहरूले परमेश्वरको भय मान्न छोडे कै हुन् त ?!

आजको समयमा ख्रीष्टियन जगतमा के भइरहेको छ ? विस्वासी / इसाईहरूमा पनि विभिन्न वर्गहरू देखिन थाल्यो धनी, मध्यम र गरिब वर्गहरू एकातर्फ भनेजस्तो सुखसयल अर्कोतर्फ गरिबी, अभाव र एक छाक खान पनि मुस्किल l के परमेश्वरले हाम्रो लागि चाहनुभएको जीवन यही नै हो ? आफ्नो छिमेकीलाई अफैलाई जस्तो प्रेम गर भन्ने बाइबलको वचन यही हो ? कतिपयको अध्ययनअनुसार, विश्वमै प्रभुको नाम मज्जाले बिक्नेभएको कारण येशूको नामचाहपँ जोड्ने, तर कामचाहिँ बिलकुल सांसारिक, शारीरिक तवर गर्ने ख्रीष्टियनहरूको संख्या निकै छ । नेपलकै सन्दर्भमा, हुन त यो अतिशयोक्ति नै होला तर ९० प्रतिशत ख्रीष्टियन अगुवाहरूमा परमेश्वरको कुनै पनि प्रकारको भय नै छैन जस्तो देखिन्छ l ख्रीष्टियन संस्थाहरू के कुराको पछि लागिरहेका छन् ? परमेश्वरको स्थान मण्डलीमा कहाँ छ ? उहाँलाई सुहाउँदो भयमा हामी चलाैं । धन्यवाद ।

इसाईहरूका लुकेका पीडाहरू

Load All

समाज

Load All

अर्थ-राजनीति

Load All

अन्तरधार्मिक संवाद

Load All

इश्वोरशास्त्र

Load All

ख्रीष्टियन जगत निस्कलंक हुनुपर्छ

तपाईंको विचार यहाँ लेख्नुहोस् । जस्ताको तस्तै पोस्ट हुनेछ ।
नाम / ईमेल
तपाईंको विषय

ख्रीष्टियन जगत निस्कलंक हुनुपर्छ, केही व्यक्तिहरूले गर्दा ख्रीष्टियनहरुले अथवा साधारण विश्वासीहरूले गलत भनाइ र झूटो आरोपहरू सहनुपरिरहेको हुन्छ l एउटा साधारण गाउँमा एक जना विश्वासीलाई डलर खाएको आरोप लाग्छ, विचरा साँझ बिहानको छाक टार्न कठिन भएको विश्वासीले यो आरोप किन सुन्नुपर्ने ? हाम्रो केही सामाजिक, नैतिक मूल्य छैन? हाम्रो भनाइ यति मात्र हो कि हाम्रो ख्रीष्टियन जीवन निस्कलंक हुनुपर्दछ l हामीले विजयको जीवन जिउन पाउनु पर्दछ l हाम्रो ख्रीष्टियन जगतमा फेरि एकअर्कामा प्रेम र विश्वास आउनु पर्दछ l मण्डलीको अगुवाहरूलाई यो कुराको महसुस हुनुपर्दछ कि हामीहरू पनि असल गोठालो बन्न सक्नुपर्दछ l न कि उहाँहरू संसारको राजा र मन्त्रीहरू जस्तो l बाहिर देखिने झूटो सान इज्जतले हाम्रो मण्डलीलाई कतातिर लागिरहेको छ ? के तपाईंहरू तपाईंका अगुवाहरूसँग साँच्चकै खुशी वा उहाँहरूको कार्यशैली र जीवन गवाहीसँग सन्तुष्ट हुनुहुन्छ त ? अब, सिद्धता यस संसारमा अहिले हुँदैन, तर कम्तीमा प्रयत्न त हुनुपर्छ असल गवाहीको जीवन जिउनका लागि, खासगरी अगुवा, शिक्षकहरूबाट । धन्यवाद ।

हामी एउटा सानो समूह हौं l संसारको नजरमा हाम्रो कुनै पनि मूल्य वा अस्तित्व छैन l हाम्रो कुनै पनि पहिचान छैन l तर हामी सत्यता, तथ्य, र सबैको हितको सवालमा, पीडित निमुखा र कमजोरहरूको पक्षमा आवाज उठाउन र कलम चलाउन हिच्किचाउनेछैनाैं । यो वेबसाइटको मध्यमबाट सम्पूर्ण विश्वासी जगतमा, विशेषगरी नेपालीभाषीहरूमाझ आफ्ना विचारहरूलाई प्रवाह गर्न सहज होस् l हामी विश्वासीहरूमा के सुधार हुनुपर्छ र मण्डली (चर्च) का अगुवाहरूमा के कुराको परिवर्तन आउनु पर्दछ भन्ने बारेमा सचेत गराउने र खबरदारी गर्ने हाम्रो उद्देश्य हो l हाम्रो विश्वासी जगत अथवा हाम्रो ख्रीष्टियन जगतमा सुधार आउँदै अगाडि बढ्नको लागि सहज होस् भन्ने नै हाम्रो भित्री मनशाय हो l हामीलाई यति मात्र लाग्छ कि हाम्रो सानो प्रयासले देशको हरेक मण्डलीहरूमा केही आवश्यक परिवर्तन आउन सकेको होस् l ख्रीष्टियन संस्थाहरूको मुख्य लक्ष्य के कुराको पछाडि लाग्नुपर्ने हो ? हाम्रो चाहना हामी केवल परमेश्वरमा विजय जीवन जिउने वातावरण बनेको होस् l बस, यति नै यस संसारमा काफी छ । धन्यवाद ।

आवस्यक लिंकहरु